Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कलंकीमा बसको ठक्करबाट पठाओमा सवार दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौँको कलंकीमा बसले ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ। मंगलबार साँझ पठाओ स्कुटरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको हो।

मृत्यु हुनेमा स्कुटर चालक धादिङको खरी गाउँपालिका २ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह रहेका छन्।

साँझ पौने ५ बजे कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको हो।

बससहित चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077