Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलनरत सर्वोच्चका चार न्यायाधीश इजलासमा फर्किए, नियमित मुद्दाको सुनुवाइ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नियमित आन्दोलनमा रहेका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

नियमित इजलासमा फर्किनेहरुमा न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी रहेका छन्।

मंगलबार सुनुवाइमा फर्केका उनीहरुले संयुक्त इजलास अन्तर्गत बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ समेत गरेका छन्

यसअघि हिजो सोमबार उनीहरुले प्रधानन्यायाधीशबाहेकको न्यायाधीश र बारबीचको छलफलमा बस्न पनि अस्वीकार गरेका थिए ।

सोमबार प्रधानन्यायाधीश जबराले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आह्वान गरेपछि बसेको आन्दोलित कानुन व्यबसायीहरुको बैठकमा उनीहरु जबराको पक्षमा खुलेका थिए।

[insert page='97634' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077