Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच विवाद, सम्बोधन गर्न खोज्दा माइक खोसियो

काठमाडौं । आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुको माइक खोसिएको छ ।

आन्दोलनरत कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मंगलबार पनि सर्वाेच्च अदालतको गेटमा धर्ना दिएका थिए।

तर, धर्नामा सम्बोधन गर्न लागेका कानुन व्यवसायीको माइक प्रहरीले खोसेको हो । प्रहरीले माइक खोसेपछि सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच विवाद सिर्जना भएको छ।

गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारले शुक्रबारदेखि नै प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै बारले धर्ना दिँदै आएको थियो।

यद्यपि बारको धर्नालाई छलेर शुक्रबार, आइतबार र सोमबार प्रधानन्यायाधीश जबरा चोरबाटोमार्फत कार्यकक्षमा प्रवेश गरेका थिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश उनको राजिनामा माग्दै आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077