Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल बन्दमा पनि रोकिएन बारको आन्दोलन, सर्वाेच्चमा न्यायाधीशहरुको धर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग्दै आन्दोलित भएको नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि आफ्नो प्रदर्शन जारी राखेको छ।

गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारले आज बिहान पनि सर्वाेच्च अदालतमा धर्ना सुरु गरेका छन् ।

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आफ्नो आन्दोलनलाई भने निरन्तरता दिएको हो । यसअघि बन्दकर्ताको समूह र बारबीच कुनै रोकावट नहुने सहमति समेत भएको थियो।

प्रधानन्यायाधीश जबराले साेमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए ।

तर, नेपाल बारले भने उक्त प्रस्ताव  अस्वीकार गर्दै आन्दाेलनलाई निरन्तरता दिएको छ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै  बार एशोसिएशनले गत कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077