Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस केन्द्रीय सभापतिमा उठ्न ३० हजार शुल्क, अन्य पदका लागि कति ?

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

कांग्रेस केन्द्रीय सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार उम्मेदवारी तिर्नुपर्ने छ। यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ।

प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हाजार र केन्द्रीय महासमिति सदस्यका लागि सात हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077