Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमालाई धुलीसात पारे, उनले तोकेको बेञ्चमा नबस्नु'

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई पत्र लेखेको छ ।

बारका महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेको पत्रमा प्रधानन्यायाधीश जबराले तोकेको बेञ्‍चमा सहभागी नहुन न्यायाधीशहरुलाई आग्रह गरिएको छ।

'नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गरि बेञ्चमा नबस्न, बेञ्‍च नतोक्न भनि माग गरिरहेको र नीजले सम्मानीत संस्था सम्मानीत पदको दुरुपयोग गरी समग्र न्यायपालिकाको गरिमा, जनआस्था धुलीसात पारेकाले सबैको विश्वास गुमाएको नीजले तोकेको बेञ्‍चमा बसी सुनुवाइ नगर्नु हुन निर्णयानुसार हार्दिक अनुरोध गर्दछौं,' पत्रमा भनिएको छ।

यसअघि आज बिहान मात्रै प्रधानन्यायाधीश जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्तामा आउन आह्वन गरेका छन् । यता कानुन व्यवसायीहरुले भने जबराले विज्ञप्ति जारी गर्ने वित्तिकै वार्तामा नबस्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077