Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'सर्वोच्च परिसरमै कालो कोटधारीलाई काट्छु भन्ने सुनियो'

काठमाडौँ । आन्दोलनरत नेपाल बार एशोसिएशनका महासचिव एवं अधिवक्ता लिलामणि पौडेलले आफूहरुको आन्दोलनविरुद्ध महिलालाई प्रयोग गरिएको बताएका छन्।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै सर्वोच्च अदालतको गेटमा आन्दोलनरत कानुन व्यवसायीहरुको विरोधसभालाई सम्बोधन गर्दै महासचिव पौडेलले यस्तो बताएका छन्।

'बारको आन्दोलनविरूद्ध महिलालाई प्रयोग गरियो, हामीले तारा बराल समूहलाई दुर्व्यवहार गरेका छैनौँ,'अधिवक्ता पौडेलले स्पष्ट पर्दै भने।

यस्तै, महासचिव पौडललेले आफूहरुको प्रदर्शनमा केही व्यक्तिहरुले खुकुरी लिएर कालो कोटलाई काट्छु भन्ने सुनेको बताए ।

'खुकुरी लिएर कालो कोटेलाई काट्छु भन्ने सुनियो,' उनले थपे, 'हामी चेतावनी दिन्छौं । प्रहरीले नियन्त्रणमा लिओस् ।'

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै  बार एशोसिएशनले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077