Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सर्वोच्चमा कानुन व्यवसायीहरु र प्रहरीबीच घम्साघम्सी, चार जना पक्राउ

    सर्वोच्चमा कानुन व्यवसायीहरु र प्रहरीबीच घम्साघम्सी, चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको छ ।

    सोमबार बिहान सर्वाेच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो ।



    घम्साघम्सीपछि सर्वोच्चको गेटबाट चार जना पक्राउ परेका छन् । गत कार्तिक १४ देखि आन्दोलनरत कानुन व्यवसायीलाई प्रहरीले सर्वाेच्च प्रवेशमा रोक्ने प्रयास गरेपछि घम्साघम्सी भएको हो।



    बारले आज पनि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी प्रदर्शन गरिरहेको छ । तर, जबरा भने शुक्रबार र आइतबार चोरबाटोबाट सर्वोच्च प्रवेश गरेका थिए।

    मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधान्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार