Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जुवाखालबाट पक्राउ परेका कांग्रेस दोलखाका सभापति रिहा

काठमाडौं । नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा धरौटीमा रिहा भएका छन् । लामालाई ७ हजार धरौटीमा रिहा गरिएको हो।

लामासँगै पक्राउ परेका अन्य जुवाडेहरु पनि जनही ७ हजार धरौटीमा रिहा भएका छन्। कार्तिक १८ मा राति काठमाडौंको नयाँ बस्तीबाट लामा र नेपाली कांग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठ सहित १८ जना पक्राउ परेका थिए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले उनीहरुलाई जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन्। नयाँबस्तीस्थित सागर लामाको फ्ल्याटमा उनीहरुले जुवा खेलेका थिए। जुवा खालबाट ६ लाख नगद सहित पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो।

पक्राउ परेपछि लामा हिरासतको सट्टा अस्पतालमा बसेका थिए। उनले बिरामी भएको बाहनामा हिरासतको बसाई छलेको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077