Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिनी ट्रक दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१ फुस्रे्रेमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ ।

सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आलु लोड गरिएको बा५ख ६५६३ नंको आइचर ट्रक पाँचपोखरी थाङपालतर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची सडकमा साँघुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077