Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले भारतलाई किन दियो एस–४०० वायु क्षेप्यास्त्र ?

एजेन्सी । विश्वका शक्तिराष्ट्रहरुबीच हुन सक्ने जुनसुकै खतराको पनि सामना गर्ने तयारीमा छ। एकपछि अर्को ठूला हतियारहरुको जोहो गर्दै भारत आफूलाई शसक्त बनाउने प्रयास गरिरहेको छ।

यसैबीच रुसले भारतमा एस–४०० क्षेप्यास्त्र पठाउन प्रक्रिया सुरु गरेको छ। रुसले चर्चित एस–४०० ट्रायम्फ नामक वायु क्षेप्यास्त्र प्रणाली वितरण सुरु गरेको हो।

सैन्य प्राविधिक सहयोग संघीय सेवाका निर्देशक दिमित्री शुगैवले स्थानीय सञ्चारमाध्यसँग बताएअनुसार रुसले एस–४०० वायु रक्षा प्रणाली पठाउन गरिसकेको छ भने आगामी डिसेम्बर मध्यसम्म भारत पुगिसक्ने छ।

भारत र रुसबीच सन् २०१६ अक्टोबर १५ मा मिसाइल सिस्टम सम्झौता भएको थियो। सम्झौताअनुसार नै करिब ५.४३ बिलियन डलर (४० हजार करोड भारु)मा एस–४०० मिसाइल सिस्टम वितरण प्रक्रिया सुरु भएको हो।

एस–४०० ट्रायम्फले भारतको वायु रक्षा क्षेप्यास्त्र प्रणालीमा ठूलो भूमिका खेल्ने बताइएको छ। सो क्षेप्यास्त्रले भारतको रक्षा गर्ने र भारतविरुद्ध लड्ने दुस्मनको क्षेप्यास्त्र प्रहारलाई क्षणभरमै ध्वस्त पार्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077