Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलालीमा पैदलयात्रीलाई ठक्कर दिने काठमाडौंका बस चालक पक्राउ, छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१० गुलरामा गाडीले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रदेश ०१–००२ झ ५२८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री अन्दाजी ५५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।

गाडीको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो, र उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

गाडी चालक काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने नवराज फुयाललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुर्खेतको वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

सुर्खेत–जुम्लारोडको बाङ्गे सिमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी शाहीको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै अटोमा सवार अन्य दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा वीरेन्द्रनगरका ५३ वर्षीय लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही रहेका छन् । अटो चालक वीरेन्द्रनगर १ का २४ वर्षीय रमेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077