Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने देखिएपछि नेकपा एसको जन्म भयो : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर गर्दै नयाँ पार्टी खोल्नु परेको बताएका छन्।

एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोलेको बताउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको पनि बताए ।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले दुईतिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको दाी गरे ।

उनले भने–‘हामी फुटेका होइनौं, हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं । पार्टी क्रमिक रुपमा विकास भइरहेको छ । अब मात्रात्मकरुपमा भन्दा पनि गुणात्मक रुपमा पनि विकास गर्नुपर्छ ।

अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपा एसले मात्रै गर्नसक्ने पनी उनले ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077