Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइतबार पनि प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने बारको घोषणा

काठमाडौंं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी धर्ना दिने बताएको छ।

शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा छिर्न नदिन सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा चोरबाटो हुँदै अदालत प्रवेश गरेका थिए ।

आजको धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुको धर्ना आइतबार पनि जारी रहने बताए ।

यस्तै, अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले बिचौलियाहरुको बलमा आफूहरुको आन्दोलनमा हस्तक्षेप गरेको आरोप समेत लगाए ।

अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालत छिर्ने कानुन व्यावसायीहरूको गेट बन्द गरेकोमा आपत्ति जनाउँदै भने, ‘आज सर्वोच्च अदालत प्रशासनले सडकमा जाने बाध्यता बनायो, आइतबार यो अवस्था नआओस् । ‘

यस्तै आइतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै उनले आफुहरु सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077