Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुलटर चालकको मृत्यु

काठमाडौं । राजधानी काठमाडौंको ग्वार्कोमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

बिहीबार बिहान ग्वार्को चोकमा ना६ ख१९३३ नम्बरको ट्रकको ठक्करबाट बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको थियो । तर, उनलाई अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077