Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी परियोजना फिर्ता लिन बामदेवको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गरेका छन् ।

बुधवार विज्ञप्तिमार्फत गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो सरकार र संसदवाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गरेका छन् ।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’ गौतमले विज्ञप्तिमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

यस्तो छ विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077