Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलद्वारमा लुकाएर सुन तस्करी, त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुधबार फ्लाई दुबईको उडानबाट नेपाल आएका ४२ बर्षीय भारतीय नागरिक मोहमद जुबेद रहेका छन्।

विमानस्थल प्रहरीका अनुसार मोहमदले विमास्थलमा शंकास्पद गतिविधि गरेको र शंकालागेर चेकजाँच गर्ने क्रममा उनले मलद्वारमा लुकाएर सुन ल्याएको खुलेको हो ।

पक्राउ परे लगत्तै उनलाई पानी र चिया खुवाई दिसा गराएर सुन निकालिएको विमानस्थल प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको विमानस्थल प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077