Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मेक्सिकोको चिपासमा दुई भ्यान एकआपसमा ठोक्किँदा १२ जनाको ज्यान गयो, ३ घाइते

एजेन्सी । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ ।

मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो ।

त्यस दुर्घटनमा परी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसमा परेर तीन जना होन्डुरसका नागरिक घाइते भएका बताइएको छ ।

ती दुई भ्यान आपसमा ठोक्किन पुग्दा एउटा भ्यानका सात जना र अर्काका पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077