Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भाइटिका लगाएर २०७८ सालको तिहारको यसरी गरियो विदाई

काठमाडौं। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं अर्थात अन्तिम दिन आज भाइटीका लगाएर तिहारको विदाई गरिएको छ । आज भाइटिका लगाएसँगै २०७८ सालको तिहारलाई समेत विदा भएको छ ।

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन मिल्ने भए पनि उत्तम साइत भने ११ः०२ बजे रहेको थियो । उत्तम साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भाई डेगेन्द्र पाण्डेलाई टिका लागाइदिएकी थिइन् ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समिति जनाएको छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077