काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेकपा एमाले पार्टी नभई ओली एण्ड कम्पनी भएको आरोप लगाएका छन् । एमालेबाट माधवकुमार नेपाल समूह बाहिरिएपछि अहिले ओली एन्ड कम्पनी भएको उनको भनाई थियो ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापा एमालेमाथि खनिएका हुन् ।
अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताउँदै उनले अब हुने चुनावमा एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा कुचो लगाएर बढार्ने बताए ।
कार्यक्रममा उनले भने–‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो ।’
एमाले नेताद्वय भीम रावल र घनश्याम भुसालको गुणगान गाएका उनले भने–‘एमालेमा फरक मत राख्ने दुई जना मात्रै देख्छु । भीम रावल र घनश्याम भुसाल । बाँकी कोही हुनुहुन्न ।’
आज कार्यक्रम भएको भक्तपुरको गुण्डु नेकपा एमालेका प्रभावशाली युवा नेता एवम् पूर्व उद्योगमन्त्री महेश बन्नेतको क्षेत्र हो । कांग्रेस सभापति शेरबहादुर देउवा आए पनि उक्त क्षेत्रमा हराउने दावी गरेका बस्नेतकै क्षेत्रमा पुगेर आज थापाले एमालेलाई बढार्ने बताएका हुन् ।
Leave a Reply