Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने (सूचनासहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने जानकारी दिएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न आग्रह गरेको छ।

त्यस्तै पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ।

देउसी भैलो खेल्दा राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा गर्ने र यस्ता कार्यक्रम गर्दा शान्तिपूर्णरुपमा गर्न पनि प्रशासनले आग्रह गरेको छ।
हेर्नुहोस् सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077