Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश १: नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा शपथ ग्रहण

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री राईसँगै नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह आयोजना गरी पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १\१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुमा केदार कार्कीलाई आन्तरिक न्याय तथा कानूनमन्त्री, हिमाल कार्की भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।


९२ सदस्यीय रहेको प्रदेश सभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077