Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रचण्डलाई चुनौती दिँदै माडी पुगेर ओलीले गरे रामको पूजा

चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा रहेको राम मन्दिरमा पूजा अर्चना गरेका छन् ।

सोमबार एमाले भरतपुर महानगरपालिकाको प्रथम अधिवेशनका लागि चितवन आएका एमाले अध्यक्ष ओलीले मंगलवार माडी पुगेका राम लक्ष्मणको मन्दिरमा पूजा गरेका हुन्।

ओलीले आफू प्रधानमन्त्री भएका बेला राम लक्ष्मण र हनुमानको प्रतिमा बनाएर बालुवाटारमा पूजा गरेर रथयात्रा माडी पुर्‍याएका थिए । ओलीले चितवनको माडीलाई अयोध्या बनाउने योजना अगाडी बढाएका थिए।

पार्टीले आसन्न महाधिवेशन चितवनको नारायणी नदी किनारमा गर्ने भएपछि यहाँको माहोल बुझ्न चितवन आएका ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध चुनाव जित्ने अभियान चलाइरहेका छन्।

ओली प्रचण्डको चुनावी क्षेत्रमा केन्द्रीत रहेर उनीविरुद्ध बोल्दै विभिन्न आरोप लगाउदै आएका छन्। यस बिषयमा प्रचण्ड पुत्री तथा भारतपुरकी मेयर रेणु दाहालले ओलीलाई चुनौती दिँदै आफूहरुको विनासहयोग चुनाव जितेरा देखाउन भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077