Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीलाई भोट माग्न प्रचण्ड झापा नगएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो : रेणु दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा भरपुर माहानगरकी मेयर रेणु दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोटमाग्न 'प्रचण्ड' झापा नगएको भए भाइ (प्रकाश दाहाल)को ज्यान जोगिन पनि सक्थ्यो होला भन्ने अभिब्यक्ति दिएकी छिन् ।

ओलीको चुनाबी क्षेत्र झापामा प्रचण्ड भोटमाग्न नगएर घरमै बसेका थिए भने भाइलाइ समयमै अस्पताल पुर्याउन सकिने र भाइको ज्यान जोगिन सक्ने उनले बताएकी छिन्।

सामाजिक सञ्जालमा मेयर दाहालले केपी ओलीतिर लक्षित गर्दै यस्तो भनाई सार्बजनिक गरेकी हुन् ।

उनले लेखेकी छन्, 'ओलीलाई भोट माग्न आोलीको क्षेत्रमा ओलीसहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र तेहि पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो ।'

'घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनाबी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगिन पनि सक्थ्यो, उनले फेसबुकमा लेखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077