Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानाध्यापकमाथि दुर्व्यवहार: सुरक्षाको माग गर्दै धनुषाका शिक्षकहरु आन्दोलनमा

रामनारायण यादव / जनकपुरधाम  । धनुषाका एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जिल्लाभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।

सोमबार धनुषका शिक्षकहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । रेल्वे स्टेशनबाट निकालिएको विरोध र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । उनीहरुले ‘शान्ति सुरक्षा कायम गर’, ‘दोषीलाई कारबाही गर’, जनमत पार्टी मुर्दावादलगायतका नारा लगाएका थिए ।

चार दिनअघि डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् । प्रदर्शनपछि दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत दिएका छन् ।

सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरूले १२ कात्तिकमा दुर्व्यवहार गरेका थिए । विद्यालयबाट मोटरसाइकलमा बाहिरिने क्रममा विद्यार्थीले पठन–पाठन नगराएको, अनावश्यक शुल्क लिएको आरोप लगाउँदै प्रधानाध्यापक साहलाई कालोमोसो फाल्दै चप्पलले समेत हिर्काएका थिए ।

घटनापछि नेपाल शिक्षक महासंघले आन्दोलन परिचालन समिति गठन गरी आन्दोलन सुरु गरेको हो । प्रधानाध्यापक साहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही नगरिए आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077