Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्रान्सेली राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता, ब्रेक्जिट विवादको अन्त्य गर्ने सहमति

एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच भेटवार्ता भएको छ।

आइतवार ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवाद समाधान गर्न 'व्यावहारिक र परिचालन उपायहरू' मा काम गर्न सहमत भएका छन्।

म्याक्रोनको कार्यालयले जनाएअनुसार दुई नेताहरूले रोममा भएको जी २० शिखर सम्मेलनको मार्जिनमा लगभग २५ मिनेट भेटवार्ता गरेका थिए ।

सो अवसरमा दुई नेताहरू 'जति सक्दो चाँडो' ठोस कामका साथ उक्त विवादको शीघ्र निरूपण गर्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077