Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हेलिकप्टरमार्फत् लुम्बिनी आइपुगिन् राष्ट्रपति भण्डारी, यस्तो छ यहाँको कार्यक्रम

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेकी छिन् । आइबार अपरान्ह राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरमार्फत् उनी लुम्बिनी आइपुगेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशका मन्त्रीहरु, राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई, प्रदेशसभा सदस्यहरु, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रदेश सरकारका पूर्वपर्यटन मन्त्री लिला गिरी, कोषका सदस्यसचिव सानुराजा शाक्य, विकास कोषका सदस्यहरुलगायतले स्वागत गरेका थिए ।

लुम्बिनीमा राष्ट्रपति भण्डारीले बज्रयान विहार उद्घाटन र प्रार्थना गर्नेछिन् ।  लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिद्वारा आज नै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइट जेड बुद्धमूर्तिको अनावरण गर्ने कार्यक्रम छ ।

सो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा बर्माबाट ल्याइएको हो । फाउण्डेशनको निमन्त्रणामा स्पेनको एक्सत्रेमादुरा प्रदेशका सभामुख बेलानका मार्टिन डेलगाडो, संस्कृतिमन्त्री नुरिया फलोरेश रेडोन्डोसहित प्रतिनिधिमण्डल पनि लुम्बिनीमा पुगेका छन् ।

रुपन्देहीको सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी श्रषिराम तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077