Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश विवाद : बारले कालोपट्टी बाँधेर विरोध गर्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले विरोधका कार्यक्रम घोषणा गरेको छ। बारले राजीनामा माग गर्दै कालोपट्टी बाँधेर विरोध गर्ने भएको छ।

त्यस्तै कानुन व्यवसायीलाई विरोध कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।

‘मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने,’ शुक्रवार बारले गरेको निर्णयमा भनिएको छ।

बारले यो तिहारअघिका आन्दोलनको कार्यक्रम भएको बताएको छ। त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध गर्नेसमेत बताइएको छ। प्रधानन्यायाधीशविरुद्धको विरोधका कार्यक्रमबारे देशभर रहेका बारका ९० वटा इकाईसँग भर्चुअल माध्यमबाट छलफल गरी थप विरोधका कार्यक्रमसमेत गर्ने बारकाके तयारी छ।

बारले तय गरेको विरोधका कार्यक्रमहरु

–मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने।

–मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने।

–न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन(नेबाए)को निर्णयको बारेमा ९० वटै बार एकाईहरुमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।

–नेबाएका ९० वटै बार एकाईहरुका अध्यक्ष र सचिवज्यूहरुसँग भर्चुयल (जुम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव सङ्कलन गर्ने।

–उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरु घोषणा गर्ने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077