Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसदीय प्रणालीकै ‘कलंक’ सभामुख सापकोटालाई संसदमा पाइला टेक्नै नदिनुस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै ‘कलंक’को संज्ञा दिएका छन्।

आफैले सभामुख बनाएका सापकोटालाई अध्यक्ष ओलीले संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिए।

नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्निप्रसाद सापकोटाको चर्को आलोचना गरेको थिए ।

सभामुख सापकोटाले सभामुखको गरिमा तथा संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भीर आरोप लगाएका अध्यक्ष ओलीले एमालेविरूद्धको षडयन्त्रमा सामेल भएर सभामुख सापकोटाले आफ्नो पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको दाबी समेत गरे।

अध्यक्ष ओलीले भने–‘अग्नि सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरि निर्वाचित भएर संसदमा पाइला टेक्न पाउनुहुन्छ ? उनी कलंक हुन् संसदीय व्यवस्थाका। सभामुखको गरिमाको त कुरै छोडौं। कुनै मर्यादा छैन। नेकपा एमालेको विरूद्धको षडयन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जली दिएर आफू सरकारमा हुँदा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने। अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077