काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने नेपाली कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । कांग्रेस महाधिवेशन नै गर्न नसक्ने गरी बुढो भएको बताउँदै उनले विचारले पनि बुढो पार्टी भएको बताए ।
काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आज आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले भने–‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । थप गर्न मिल्ने ६ महिनामा पनि गर्न सकेन । कांग्रेस बुढो भयो, विचारले पनि बुढो छ । महाधिवशेन गर्न नसक्नेले पार्टीले एमालेले प्रतिस्पर्धा गर्न सक्दैन ।’
उनले एक महिनाअघि विधान महाधिवेशन गरेको एमालेले मंसिर १० देखि १२ हुने महाधिवेशनमा ठूलो कार्यक्रम गर्न बताए । उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्निप्रसाद सापकोटाको कार्यक्रममा चर्को आलोचना गरेको थिए ।
सो कार्यक्रममा उनले एमालेलाई समाप्त गर्न नसक्ने भन्दै नेपाललाई दौडधूपमा लाग्न छाडेर घरमा आराम गर्न सुझाव दिएका थिए । ‘राणा शासन, राजतन्त्र र कांग्रेसलाई सिध्याएर आएको पार्टी हो’ ओलीले भने,‘बुढेसकालमा चुप लागेर घर बस्नु के–के बोल्दै हिँडेका छन् ।’
Leave a Reply