Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रचण्डलाई ओलीको उत्तर : एउटा रोटी र दुई गाँस भात खान मलाई करोडौंको भाँडाकुँडा चाहिंदैन

कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा करोडौंको बिलासिताका सामान खरिद गरेको आरोपको खण्डन गरेका छन् ।

सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएका आरोपहरुमा सत्यता नभएको दावी गरेका हुन् ।

कार्यक्रममा उनले भने–‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खातमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन् । मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’

एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने बताउँदै ओलीले थप भने–‘प्रधानमन्त्रीको निवासमा सेना बस्छ, सेनाले खानु पर्यो होला, खान पकाउनु पर्यो होला । त्यहाँ ग्यास खर्च भयो होला । मेरो श्रीमतीले पकाएको यति (हातले थोरै संकेत गर्दै) खान खाएर बस्छु म । अनि करोडौंको भाँडाकुँडा चाहिँ के गर्नु ?’

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहालले शुक्रबार चितवनमा आयोजित कार्यक्रममा ओली प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद भएको बताएका थिए ।

उनले भनेका थिए–‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077