Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

श्रीमतीसहित ९ जना मिलेर यौनकाण्डमा फसाउन खोजेको भन्दै पत्रकार बास्तोलाले गरे आत्महत्या

पोखरा । पोखरामा एक पत्रकारले आत्महत्या गरेका छन्। महानगरपालिका ११ फुलवारीमा बस्ने पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनले सामजिक सञ्जाल फेसबुमा स्टाटस लेखेर आत्महत्या गर्नुको कारणबारे जानकाकरी गराएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट, आज आफैँ पनि चैट।’

बास्तोला बिहीबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए। गएराति साढे तीन बजे फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको बास्तोलाले उल्लेख गरेका छन्।

श्रीमतीले अन्य व्यक्तिहरूसँग मिलेर षडयन्त्र गरी झुक्याएर खाली चेकमा हस्ताक्षर गर्न लगाएको, लेनदेनको कागज नच्याती पेश गरेको, नशालु पदार्थ खुवाएर एक महिलाको कोठामा पठाइ फसाउने उद्देश्यले यौन भिडियो बनाउने कार्य गरेर फसाउन खोजिएको कुरा स्टाटसमा उल्लेख गरेका छन्।

उनले लज्जा देख्नुभन्दा अस्ताउनु बेस भन्दै श्रीमतीमाथि आरोपहरु लगाएका छन्। उनले ऋणहरू प्रायः आफूले तिरेको र केही बाँकी रहेको भए श्रीमतीसँगै माग्न भनेका छन्। त्यतिमात्रै नभएर बास्तोलाले फेसबुकमा आफ्नो किरिया नबस्न र लाश नजलाउन भनेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077