Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रभु साहले केन्द्रीय सदस्य बनाएका दुई जनालाई ओलीले गराए शपथ

काठमाडौं । पछिल्लो समय आफ्नै पार्टी नेकपा एमालेसँग असन्तुष्ट रहँदै आएका पूर्व माओवादी नेता प्रभु साह आजको एमाले केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् ।

धेरैपछि बैठकमा उपस्थित भएका साहले दुई जनालाई एमालेको केन्द्रीय सदस्य समेत बनाएका छन् ।

उनले आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शुक्रबार अध्यक्ष कुन्दन कुशवाहा र मोहम्मद समीरले ओलीबाट केन्द्रीय सदस्य पदको शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077