Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होम आइसोलेसनबाट ओलीलाई भुसालको पत्र, ‘दश बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गरियोस्’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दशबुँदे जस्ताको त्यस्तै लागू गर्न आग्रह गर्दै पत्र लेखेका छन्।

कोरोना संक्रमण भएपछि बिहीबार स्थायी कमिटीको बैठकमा भाग लिन नपाएका उनले होम आइसोलेसनबाट ओलीसहित स्थायी कमिटीका सबै नेताहरुलाई पत्र लेखेका हुन्।

पार्टीभित्र १० बुँदे सहमति लागू नगरेका कारण एमालेको डीएनएमाथि नै आक्रमण हुने स्थिति आएको भन्दै भुसालले अध्यक्ष ओलीको गम्भीर ध्यानाकर्षण गराएका छन्।

‘हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको साँस्कृतिक आनुवंशिकी (डीएनए) मा विकृति उत्पन्न भयो भने त्यसले पीँढी दर पीँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ,’ उनले लेखेका छन्, ‘तसर्थ, कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दश बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गरियोस्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077