Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मन्त्री आलेद्वारा केपी ओलीलाई ‘पाकेटमार’को संज्ञा

कञ्चनपुर । नागरिक उड्ययन तथा पर्यटनमन्त्री मन्त्री प्रेम आलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन्।

एकीकृत समाजवादीका नेता रहेका मन्त्री आलेले कञ्चनपुर जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री आलीलाई पाकेटमारको संज्ञा दिएका छन्। ओली नेतृत्वको अघिल्लो सरकारमा वनमन्त्री रहेका आलेले सुदूरपश्चिम पुगेर ओलीलाई कटाक्षा गरेका हुन्।

‘माधव कमरेडले जीवनभर पसिना बगाएर बनाएको घरमा एउटा पाकेटमार ओली छिर्याे’ ओलीप्रति व्यंग्य गर्दै पर्यटनमन्त्री आलेले भने, ‘पाकेटमारले ट्याक्क कैँचीले काटेर घर मालिकको लालपुर्जा लिएर टाप कस्यो।’

माधव कुमार नेपालले पार्टी संगठन निर्माणमा जीवन भर पसिना बगाएको र अहिले आएर ओलीले सबै भताभूंग पारेको उनले टिप्पणी गरे।

मन्त्री आलेले ओलीको पत्तासाफ भएको जिकिर पनि गरे।

आलेले वर्तमान स्थितिमा ओली एक्लिएको पनि जानकारी दिएका छन्। ‘संघीय सरकार गइसक्यो, प्रदेश सरकार गइसक्यो, पत्ता साप भइसक्यो। तर अझै पनि घमण्ड यथावत छ’ मन्त्री आलेले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077