Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताइवानमाथि चीनको दबदबा, राष्ट्रसंघमा आबद्ध हुन नदिने प्रयास

एजेन्सी । चीनले ताइवानलाई संयुक्त राष्ट्रसंघमा आबद्ध हुने अधिकार नभएको बताएको छ ।

समाचार संस्था एपीका अनुसार चीनले ताइवान चीनकै अभिन्न अंग भएको भन्दै राष्ट्रसंघमा आबद्ध हुने अधिकार ताइवानसँग नभएको बताएको हो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले मंगलबार चीनको बढ्दो प्रभाव रोक्नका लागि ताइवानलाई राष्ट्र संघजस्ता ठूला अन्तर्राष्ट्रिय संगठनमा सशक्त सहभागी गराइनुपर्ने बताएका थिए । तर, चिनियाँ अधिकारीले भने पृथकतावादी शक्तिलाई बल पुग्ने गरी ‘अन्तर्राष्ट्रिय रूपमा ठाउँ’ दिन खोजिएको बताएका छन् ।

वासिंटनस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै अमेरिकी विदेशमन्त्री ब्लिंकेनको भनाइको कडा आलोचनासमेत गरेको छ । दूतावासले विदेशमन्त्री ब्लिंकेनको भनाइ ‘एक चीन’ नीतिविरुद्ध भएको पनि जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदायमा ‘एक चीन’ नीति एउटा सहमतिको विषय बनेको उल्लेख गर्दै चीनको कूटनीतिको आधारभूत मान्यता नै त्यही सिद्धान्तमा आधारित रहेको दूतावासको वक्तव्यमा जनाइएको छ ।

५० वर्षअघि रिपब्लिक अफ चाइना(आरओसी)(ताइवानको आधिकारिक नाम) संयुक्त राष्ट्र संघको महासभामा भएको मतदानबाट बाहिरिएको थियो । त्यसको ठाउँमा जनगणतन्त्र चीन(पीआरसी) लाई राष्ट्र संघमा प्रतिस्थापन गरिएको थियो ।

त्यसपछि ताइवानले संयुक्त राष्ट्र संघमा फर्कन पटक–पटक प्रयास गरे पनि सफल हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077