Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशसभा बैठक: मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिंदै

हेटौंडा ।  वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने भएकी छन् ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा आफ्नो पक्षमा बहुमत नजुट्ने प्रस्ट भएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने भएकी हुन्।

स्रोतका अनुसार मुख्यमन्त्री शाक्यले बुधबार बस्ने प्रदेशसभा बैठककाे छलफलमा उठेका प्रश्नको जवाफ दिने र लगत्तै राजीनामा समेत दिने तयारी भएको छ।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् ।

प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनल मुख्यमन्त्रीका रुपमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । उनको पक्षमा ५९ जना सांसद रहेका छन्। माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना सांसद पाण्डेको पक्षमा छन्।

मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077