Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीमा गाडीको ठक्करबाट हरिणको मृत्यु

सप्तरी । सप्तरीमा गाडीको ठक्करबाट एक हरिणको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर ६ कठौनामा गाडीको ठक्करबाट हरिणको मृत्यु भएको छ । हरिण बुधबार बिहान मृत अवस्थामा फेला परेको हो ।

सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा हरिणको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको सप्तरीका प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

मृत हरिणलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत हरिणलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077