Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख सापकोटा न्यायाधीश बनेको केपी ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा एमालेविरुद्ध लागेको गम्भीर आरोप लगाएका छन् ।

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुख सापकाेटा एमालेविरुद्ध लागेको गम्भीर आरोप लगाएका हुन्।

एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा पनि आफैँ न्यायाधीश बनेर सभामुख सापकोटाले निष्कासनको सूचना जारी नगरेको ओलीको भनाइ छ ।

यस्तै, पूर्वप्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।ओलीले भने, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनुपर्ने होइन र ?’

यस्तै अध्यक्ष ओलीले न्यायाधीशहरुले आफ्नो कमजोरी आफैं उधिन्न थालेको भन्दै सर्वोच्च अदालतमा अहिले तमासा देखिएको टिप्पणी गरे । ‘श्रीमान न्यायाधीश कसले के के गरेको थियो । अलिकति उधिन्न थाल्नुभएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077