Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यकर्ता रिहाइको माग गर्दै सिके राउतको पार्टीद्वारा सिटी जुलुस प्रदर्शन

रामनारायण यादव / जनकपुरधाम  । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार प्रदेश २ का जिल्लाहरुमा सिटी जुलुस प्रदर्शन गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत जनकपुरधामसहित ८ वटै जिल्लाका सदरमुकामहरुमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले सिटी जुलुस प्रदर्शन गरेका हुन् ।पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले प्रदर्शन गरेको हो ।

जनमत पार्टीले भोली (मंगलबार) पालिकाहरुमा बाइक रैली गर्दै नारा माइकिङ्ग गराउने, बुधबार मशाल जुलुस निकाल्ने, बिहीबार वडामा युवा दस्ता प्रशिक्षण दिने, आरपार आन्दोलन गर्न तयारी गर्ने, शुक्रबार जिल्ला सदरमुकाममा मशाल जुलुस निकाल्ने, कार्तिक १३ गते शनिबार अधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने घोषणा गरिसकेका छन्।

कार्तिक १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलन समीक्षा गरी आन्दोलनको थप कार्यक्रम ल्याउने, कार्तिक १५ गते सोमबार गाउँपालिकाको ठूलो बजार र हटियाहरूमा कोणसभा गरेर आन्दोलनका मागहरू जनता समक्ष अवगत गराउने र कार्तिक १६ गते मंगलबार वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरू गरेर माग जनता समक्ष अवगत गराउने, सबै जनता आन्दोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि प्रहरीले जनमतका १७ जना नेता कार्यकर्तालाई पक्राउ गरि मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077