Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्डले भने- नेपालको ‘नेशनल इन्ट्रेष्ट’मा भारतले सम्मान गर्नुपर्छ (भिडियोसहित)

    प्रचण्डले भने- नेपालको ‘नेशनल इन्ट्रेष्ट’मा भारतले सम्मान गर्नुपर्छ (भिडियोसहित)

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् ।

    सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इण्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एकअर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्‍याई सहयोग गर्ने प्रक्रियाको शुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उनको भनाइ छ ।



    ‘यदि नेपालको नेशनल इन्ट्रेष्टमा भारतले बाधा होइन, सहयोग पुर्‍याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ, प्रचण्डले भने, ‘नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेशनल इन्ट्रेष्टलाई बाधा पुर्‍याएको छैन बरु त्योसँग सहयोगी हुन मद्दत गरेको छ।

    भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार