Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यालय परिसरमै तास खेलेर रमिता गर्ने सर्लाहीका तीन सुरक्षा अधिकारीहरुको जिम्मेवारी खोसियो

जनकपुरधाम । गृह मन्त्रालयले सर्लाहीका तीन जना सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाएको छ ।

केहीदिन अघि जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोसहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौर  र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।

मन्त्रालयका अनुसार सीडीओ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । यस्तै, नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन् । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

[insert page='93355' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077