Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कहाँकहाँ हुँदैछ वर्षा र हिमपात ? मौसम विभागले दियो यस्तो जानकारी

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077