Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किर्गिजस्तानले भन्यो, ‘हामीलाई अमेरिकी सैन्य आधार चाहिँदैन’

एजेन्सी । किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने राष्ट्रपति सदिर झापारोभले शनिबार बताएका छन् ।

‘हामीसँग कान्ट सहरमा रुसी बेस छ। हामीलाई देशमा अमेरिकी सैन्य आधार चाहिँदैन। हाम्रो लागि एउटा सैन्य आधार पर्याप्त छ,’ राष्ट्रपति झापारोभले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा भने, ‘संयुक्त राज्य अमेरिका सैन्य अड्डा सम्बन्धी सम्झौता धेरै वर्ष पहिले नै समाप्त भयो।’

संयुक्त राज्य अमेरिका र यसको उत्तर एट्लान्टिक सन्धि संगठनका सहयोगीहरूले आतङ्कवादसँग लड्ने नाममा सन् २००१ मा मानस अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई अड्डा खोलेका थिए र सन् २०१४ मा सम्झौताको म्याद सकिएपछि बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077