Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तुम्लिङमा फसेका चार विदेशीको हेलिकप्टरमार्फत् उद्धार

सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो ।

हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन उनीहरुसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाइड छन् । अलपत्र परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।

हिमपातले तीनदेखि लिमीको तुम्लिङमा अलपत्र परेका स्लोभानियाली तीन पुरुष र एक महिलासहित तीन नेपाली ट्रेकिङगाइडको एयर डाइनेष्टिक हेलिकोप्टरबाट उद्वार गरी सिमकोट ल्याइएको छ । सदरमुकाम सिमकोटबाट लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमीको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगाइड अशिम तामाङले जानकारी दिए। लिमीको हल्जीगाउँमा गएर टेलिफोन गरी हेलिकोप्टर बोलाएको उनले बताए ।

यस्तै उनीहरुसँगै तुम्लिङमा फसेका अन्य छ नेपाली नागरिक आजबाट मौसम सफा रहेकाले पैदलमार्ग भएर खच्चडबाट सिमकोट पुग्ने भएको तामाङले जानकारी दिए । आइतरबार रातिदेखिको अविरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077