Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अस्ट्रेलियाका पूर्वक्रिकेटर माइकल स्लेटर पक्राउ

एजेन्सी । घरेलु हिंसाको आरोपमा अस्ट्रेलियाका पूर्व क्रिकेटर माइकल स्लेटर पक्राउ परेका छन्। स्थानीय मिडिया रिपोर्टका अनुसार स्टेलरलाई प्रहरीले बुधबार उनको सिड्नीस्थित घरबाट गिरफ्तार गरी पुलिस स्टेशनमा लगेको छ।

अष्ट्रेलियाको न्यु साउथ वेल्स पुलिसले स्लेटरको गिरफ्तारीको पुष्टि गरेको छ। प्रहरीले यो गत हप्ताको कथित घरेलु हिंसाको मामला भएको बताएको छ। यस घटनामा प्रहरीले थप जानकारी दिएको छैन। स्लेटरमाथि कुनै अभियोग लगाइएको छैन। उनले यस विषयमा कुनै बयान दिएका छैनन्।

स्लेटर १९९३ देखि २००१ सम्म अष्ट्रेलियाको क्रिकेट टोलीका सदस्य थिए। उनले यस अवधिमा ७४ टेस्ट म्याच खेलेका थिए। ५१ वर्ष पुगेका स्लेटरले क्रिकेटलाई अलविदा भन्दै कमेन्ट्री गर्न शुरु गरेका थिए। अष्ट्रेलियाको च्यानल सेवनले गत हप्ता आर्थिक कठिनाइको कारण उनको सेवा बन्द गरेको थियो। स्लेटरका तीन सन्तान छन्।

स्लेटर यस वर्षको मेमा पनि चर्चामा थिए। त्यसबेला उनले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको कोरोना व्यवस्थापनमा प्रश्न उठाएका थिए। उनले प्रधानमन्त्रीको हातमा रगत लागेको बताएका थिए।

त्यसपछि अष्ट्रेलिया सरकारले भारतबाट फर्कने अष्ट्रेलियाका नागरिकहरुलाई दुई हप्ता प्रतिबन्ध लगाएको थियो। स्लेटर त्यसबेला आईपीएलमा कमेन्ट्री गर्नका लागि भारतमा थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077