Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनलाइन क्लास पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

एजेन्सी । विश्वभर कोभिड संक्रमणको महामारी बढेपछि विद्यालयहरुको पठनपाठन अनलाइनबाट हुने गरेको छ । तर भियतनाममा अनलाइन कक्षा लिने क्रममा एक बालकको मृत्यु भएको छ ।

प्राप्त समाचारका अनुसार नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा मोबाइल फोन बिस्फोट हुँदा ११ वर्षीय बालकको मृत्यु भएको हो ।

उनले मोबाइल चार्ज गर्दै कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो सल्केको थियो । जलेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ।

स्थानीय समाचारका अनुसार बालकको मृत्युबारे प्रहरीले पड्किएको मोबाइल र चार्जरलाई लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077