Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन प्रचण्डको आग्रह

    कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन प्रचण्डको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह गरेका छन् ।

    आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले बाढी र पहिराबाट सबैभन्दा बढी किसान प्रभावित भएको जनाउँदै उनीहरुलाई तत्काल राहत र क्षतिपूर्ति दिन आग्रह गरेका हुन्।



    ‘धानवाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको छ । धान काटेर सुकाइएका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान नष्ट भएको छ ।’ अध्यक्ष प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘बाढीपहिरामा फसेका नागरिकको उद्धार र राहत, घाइतेको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन अनुरोध गर्दछु।’



    पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागमा ४८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरामा परी झण्डै ३० भन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार