Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैतडीमा पहिरोले घर पुरियो : एकैपरिवारका ३ जनाको मृत्यु

बैतडी । भारी वर्षाका कारण देशैभर बाढी र पहिरोले बितण्डा मच्चाएको छ। बैतडीमा पनि पहिरोले घर पुरिँदा बालकसहित तीन जनाको मृत्यु भएको छ।

अविरल वर्षापछि घर माथिबाट आएको पहिरोमा पुरिएर जिल्लाको शिवनाथ गाउँपालिका–६ मा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया नाती सोम पार्की रहेका छन्।

उनीहरुको मंगलबार करिब तीन बजेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोका ककारण सञ्चार अवरुद्ध भएपछि घटनाबारे ढिलो जानकाकरी उपलब्ध भएको हो। खबर पाउन बित्तिकै पुगेको प्रहरी टोलीले तीनै जनाको शव निकालेर परीक्षणका लागि अस्पताल पठाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077