Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मध्य रातमा चन्द्रागिरीमा ट्रक पल्टियो, सडक भरि छरियो ग्यास सिलिण्डर

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा मध्यरातमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ । ग्यास सिलिण्डर बोकेको ना७ख ३९४९ नम्बरको ट्रक चान्द्रागिरी नगरपालिका–२ पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति नभए पनि बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको छ ।

ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । झण्डै ६ घण्टापछि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077